चितवन । खैरहनी नगरपालिका कठार स्थित क्वारेनटाईनमा वसेकाहरुसंग नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले सोमार विश्व दुध दिवस मनाएको छ । खैरहनी १० शान्तिवजारमा रहेको दुध सहकारीले नगरपालिकाले सोही वडाको कठार माविमा वनाएको क्वारेनटाईनमा वसेकाहरुसंग नियमित दुध सेवन गरौ,रोग प्रतिरोधात्मक क्षमता वढाऔं भन्ने नाराका साथ दिवस मनाएको हो ।
सो अवसरमा क्वारेनटाईनमा रहेकाहरुलाई दुध र दहीका साथै माक्स तथा स्यानिटाईजर समेत प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष कमलराज थपलियाले ति सामाग्रीहरु वडाध्यक्ष कारीराम चौधरीलाई हस्तान्तरण गरेपछि वडाध्यक्ष चौधरीले क्वारेनटाईनमा वसेकहरुलाई प्रदान गरेका थिए । कठार माविको क्वारेनटाईनमा अहिले २३ जना रहेका छन् । लकडाउनका कारण अहिले दुध किसान मर्कामा परिरहेका छन् ।
लकडाउनले दुध विक्री हुन कठिनाई भईरहेका वेला दुधको सेवन वढाउन सन्देश प्रवाहका लागि क्वारेनटाईनमा वसेहरुसंग यस पटकको दिवस मनाईएको संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रिय दुग्ध सहकारी संघका सदस्य वालकृष्ण उप्रेतीले वताए । संकटको वेला राज्यले दुध उत्पादक किसानलाई वास्ता गरेको छैन् केन्द्रिय सदस्य उप्रेतीले भने – राज्यको माथिल्लो तहमा रहेकाहरुलाई घचघचाउन यस्ता कार्यक्रमले मद्यत पुग्नेछ ।
हाल देशभर रहेका क्वारेनटाईनमा वसेकाहरुलाई दुध उपभोग गराउन सके स्वास्थ्यलाई राम्रो हुनुका साथै खेर गईरहेको दुध समेत खपत हुने उप्रेतीको भनाई छ । वडाध्यक्ष कारीराम चौधरीले किसानहरुलाई परेको समस्यामा राज्यले सहयोग गर्नु पर्ने वताए । अघिल्ला वर्षहरुमा औपचारिक कार्यक्रम गर्ने गरिएपनि यस पटक भने देशको वर्तमान परिस्थितीका कारण अनौपचारिक कार्यक्रमका सामाजिक दुरी कायम गरि दिवस मनाईएको सहकारीका अध्यक्ष थपलियाले वताए ।
क्वारेनटाईनमा वसेकाहरुसंग दिवस मनाउन अध्यक्ष थपलियासहित उपाध्यक्ष शुशिल कडेंल,सदस्य रामशरण दाहाल,व्यवस्थापक लिलावहादुर थपलिया,लेखा समिति सयोजक श्यामनारायण फुयांल लगायत क्वारेनटाईन गएका थिए । नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक तीन हजार लिटर दुध संकलन गर्दै आएको छ ।








