काठमाडौं । जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुरले बुधबार दिउँसो आयोग पुगेर नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक)दर्ता गराएका छन् ।
उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ। नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने उल्लेख छ।








