काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहि बागमती, गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखा अनुसार यस्तो छ आजको मौसम:
२०७८ भाद्र ०४ गते (शुक्रबार)
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र ०५ गते (शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।








