• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

एमाले विभाजन प्रक्रिया : पुरानै कमिटीका आधारमा सनाखत

  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    निर्वाचन आयोगले नेकपा एमालेले गत साता अद्यावधिक गरेर पठाएको केन्द्रीय कमिटीलाई तत्काल मान्यता नदिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई अद्यावधिक गरी २६० सदस्यीय बनाएको जानकारी सहितको पत्र आयोगमा पठाएका थिए। आयोगले पछिल्लो अद्यावधिक विवरणलाई मान्यता नदिई २०७५ साल जेठ २ मा कायम एमालेको २०३ सदस्यीय कमिटीलाई मान्यता दिने भएको हो।

    एमालेबाट अलग भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठनका लागि आयोगमा दर्ता गराएका माधवकुमार नेपालले पेस गरेको केन्द्रीय समिति र संघीय सांसदको सनाखतका क्रममा आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो। ‘पार्टी विभाजन प्रक्रियाअनुसार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बुधबार डाकिएको छ,’ आयोगका एक अधिकारीले भने, ‘एमालेबाट गत साता मात्रै केन्द्रीय कमिटी २६० सदस्यीय बनाएर आयोगमा पेस भए पनि अध्ययनकै क्रममा रहेकाले अद्यावधिक भएको छैन।

    त्यसकारण आयोगले सनाखतका क्रममा २०७५ जेठ २ गते कायम एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने निर्णय गरेको छ। ती अधिकारीले अगाडि भने, ‘एमालेबाट पछिल्लो पटक पठाइएको विवरण अद्यावधिक भइसकेको छैन। पार्टी विधान र विवरण अध्ययनकै क्रममा छ। त्यसैले पुरानै सदस्य संख्यालाई आधार बनाएर सनाखत गराउन लागिएको हो।’ निर्वाचन आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएपछि पार्टी विभाजन प्रक्रियामा रहेका नेपाललाई फाइदा हुने भएको छ। आयोगको यो निर्णयअनुसार नेपाल पक्षले सनाखतका क्रममा केन्द्रीय कमिटीका २०३ सदस्यको २० प्रतिशत आफ्नो पक्षमा पुर्‍याउँदा हुने भएको छ।

    त्यसैगरी ३१ जना सांसदको समर्थन भए पुग्नेछ। एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा ३३ गरी १५४ सांसद छन्। नेपाललाई पार्टी विभाजन गर्न अप्ठेरो भएपछि सरकारले गत साता राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो। राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि संघीय संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधानका कारण नेपाललाई एमालेबाट अलग हुन अप्ठेरो भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसदीय दल वा पार्टी केन्द्रीय समितिमध्ये कुनै एकमा कम्तीमा २० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्नेगरी अध्यादेश ल्याएको हो।

    अध्यादेशमा दल विभाजनका लागि सहज बनाउने मात्रै होइन, विभाजन भइसकेपछि त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको नमानिने व्यवस्था गरिएको छ। साथै अध्यादेशमा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्रैराष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्थामा समेत थ्रेसहोल्डको प्रावधान हटाएरराष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गरेको दलका सदस्यले दफा ३३ को उपदफा २ बमोजिम नयाँ दल गठन गरेमा त्यस्तो दलले समानुपातिक तर्फको प्रतिशत पूरा गर्न आवश्यक छैन भन्ने व्यवस्था राखिएको छ। दल फुटाउन सहज हुने गरी सरकारले ल्याएको अध्यादेश आलोचना भइरहेको छ।

    सांसदको सनाखतका सचिवालयलाई पत्र पठाइँदै

    निर्वाचन आयोगले छुट्टाछुट्टै दल दर्ताका लागि आवेदन दिएका नेपालर ठाकुरले पेस गरेका सांसदको विवरण साबिकमा तिनीहरूरहेको पार्टीका हुन् या होइनन् भन्ने सनाखतका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पत्र लेख्ने निर्णय गरेको छ। दल दर्ताका लागि नेपालले पेस गरेका सांसदहरू नेकपा एमालेर ठाकुरले पेस गरेका सांसदहरू जनता समाजवादी पार्टीका हुन् या होइनन् भन्ने सनाखत गर्न सभामुखलाई पत्राचार गर्ने निर्णय गरेको हो।

    ‘नयाँ दल दर्ताका लागि पेस गरिएको विवरणमा हस्ताक्षर गरेका सांसदहरू हुन् वा होइनन्, सभामुखलाई सोध्ने निर्णय भएको छ,’ आयोग स्रोतले भन्यो, ‘आइतबारर सोमबार बिदा भएका कारण मंगलबार कार्यालय खुल्नबित्तिकै संसद् सचिवालयमा पत्र पठाइनेछ।’ एमालेले पार्टी ह्विप उल्लंघन गरेकोलगायत आरोप लगाउँदै नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा गत साता नै पत्राचार गरिसकेको छ। तर सभामुख सापकोटाले एमालेको पत्र कार्यान्वयन गरेका छैनन्। उनी कार्यालयमा अनुपस्थित हुँदै आएका छन्।

    सनाखत बुधबार

    आयोगले नयाँ दल दर्ताका लागि छुट्टाछुट्टै निवेदन दिएका नेपालर ठाकुर पक्षका नेताहरूलाई सनाखतका लागि बुधबार डाकेको छ। एमालेबाट अलग हुन नयाँ दल दर्ता प्रक्रियामा रहेका नेपाल र जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका ठाकुर पक्षका नेतालाई सनाखतका लागि आयोगले यही भदौ ९ गते बुधबार बिहान साढे ११ बजे बोलाएको हो।

    आयोगका प्रवक्ताराजकुमार श्रेष्ठले नयाँ दल दर्ताका लागि अलगअलग निवेदन दिएका दुवै पक्षलाई सनाखतका लागि बोलाइएको बताए। ‘दल दर्ताका लागि आयोगमा आवेदन दिँदा जजसको हस्ताक्षर छ त्यसको सनाखतका लागि बोलाएका छौं,’ श्रेष्ठले भने, ‘सनाखत सकिएपछि हामीले आयोगमा पेस गर्छौंर सोहीअनुसार दल दर्ताको निर्णय हुनेछ।’ उनले दल दर्ताका लागि सुरुमा आयोगमा प्रस्ताव गरिएको नाम जुधेपछि नेपालले नेकपा (एकीकृत समाजवादी)र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल बनाउन पत्राचार गरेका छन्। सुरुमा नेपालले नेकपा एमाले (समाजवादी)र ठाकुरले जसपा (लोकतान्त्रिक) प्रस्ताव गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.