• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गुल्मीको रिडीमा ३ जिल्ला जोडने पुलको काम धमाधम

  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाल्पा । बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ ।

    करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अलपत्र पुल निर्माणलाई अघि बढाउन निर्देशन दिएपछि बन्दाबन्दीमा निर्माण रोकिएको छैन । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीका करणजीत बर्माले झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।

    पुलको स्याङ्जातर्फको टावर ब्लक निर्माण सम्पन्न भइसकेको छ । अब मुख्य पिलरको पाँचाँै तलामा काम भइरहेको छ । पिलर सात तला बनेपछि भ्युटावरको निर्माण काम पूरा हुने बर्माले बताउनुभयो । पाल्पा र गुल्मीतर्फको पिलरको काम यस महिनामा सम्पन्न हुनेछ ।
    कोभिड –१९ को महामारीमा पनि कामदारले कामलाई निरन्तरता दिएका हुन् । कामदारमा अहिले कोभिड –१९ का कारण मनोबल कमजोर भइरहेकाले काम अघि बढाउन आगामी महिना समस्या हुने बर्माको धारणा छ । गुल्मी जिल्लामा कोभिड –१९ को प्रभाव बढ्दो मात्रामा देखिएको छ । यसै आवमा काम सम्पन्न हुने भए पनि बन्दाबन्दीले सामग्री ल्याउन समस्या हुँदै आएको छ ।

    सङ्घीय सरकारको कुल रु नौ करोड ८८ लाख २६ हजार ३३२ लागतमा पुल निर्माण भइरहेको हो । नयाँ बाटो रुबिनामना जेभीले निर्माणको जिम्मा पाए पनि ढिलासुस्ती हुँदा स्थानीय बासिन्दा पुल नै नबन्ने हो कि भन्ने चिन्तामा रहँदा निर्माण धमाधम भएपछि खुशी देखिएका छन् । नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाउँपालिका, पाल्पा तानसेनको अर्गली र स्याङ्गजाको कारीकोट जोड्ने झोलुङ्गेपुल निर्माण हुँदा स्थानीय बासिन्दामा खुशी छाएको हो ।

    पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा बन्ने तीनमुखे पुल नेपालकै नमूना बन्ने रुरु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामलाल विश्वकर्माले बताउनुभयो । पुल बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने उहाँको विश्वास छ ।

    कालीगण्डकीको किनारबाट नै पाल्पा, गुल्मी र स्याङ्जा जोडिने पुल बनेपछि आवतजातमा सहज हुने स्थानीय बासिन्दा चूरामणि तिमिल्सेनाले बताउनुभयो । धार्मिक पर्यटन गन्तव्यका रुपमा प्रख्यात रिडीमा पर्यटक आगमन बढ्दा समग्र यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने तिमिल्सेनाको जिकिर छ ।

    विसं २०७१ मंसिर १५ गते शिलान्यास गरिएको पुल निर्माण पक्षको लाहपरबाहीका कारण अलपत्र अवस्था रहेको थियो । परराष्ट्रमन्त्रीका सचिवालय सदस्य जंग नेपालीका अनुसार चुनाव जितेपछि अलपत्र पुल निर्माणले निरन्तरता पाएको छ । मन्त्रीको निर्देशनपछि तीनमुखे पुल निरन्तर रुपमा भइरहेको र यसै आव २०७६।०७७ मा काम सम्पन्न हुने नेपालीले बताउनुभयो ।

    सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सड्क विभागको सहयोगमा पुल निर्माण भइरहेको छ । कुल ५४० मिटर लम्बाइ रहने पुलका प्रत्येक तीन लुठ्ठाको लम्बाइ १८० मिटर हुनेछ । नेपालकै चार धाममध्ये (मुक्तिनाथ, बराह, देवघाट) रुरु एक हो । यस क्षेत्रलाई भारतको बनारससँग पनि तुलना गर्ने चलन छ । रिडीस्थित शालिग्राम पाइने कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वास छ । रिडी पौराणिक कालदेखि नै पवित्र तीर्थस्थलमा रुपमा परिचत छ । पाल्पाको अर्गलीतर्फको भागमा ऋषिकेश मन्दिर र गुल्मी जिल्लाको रिडीतर्फ रुरुकन्याको तपोभूमि रहेको पाइन्छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.