काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४३३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०५२ र एन्टिजेन विधिबाट ३८१ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेनबाट ८१ हजार ९६८ जना पुगेको छ । यस्तै, आज थप १९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ जना पुगेको छ ।
निको हुनेको दर ९३.५ प्रतिशत छ । आज संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ६३८ पुगेको छ ।








