काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।








