काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।
मतदान अधिकृतलाई पार्टी विधान, निर्वाचन निर्देशिका, मतदाता सूची र प्रमाणपत्रसहित खटाइएको केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए ।
निर्वाचन समितिलाई उपलब्ध गराइएको ३८ जिल्लाको क्रियाशील सदस्यको सूची वेबसाइटमा सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।









