काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर १२ सांसदले समाजवादीमा रहेको भन्दै सनाखत गरेका हुन् ।
१२ जना सांसदले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यो सँगै उनले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
नेकपा एस रोज्ने सांसदहरू:-
- राजेन्द्र पाण्डे
- राजेन्द्रमान श्रेष्ठ
- लक्ष्मण लम्साल
- बसुन्धरा हुमागाईं
- रमा आले मगर
- बसन्त मानन्धर
- कुसुम कार्की
- पार्वती सिलवाल
- इन्द्रमाया गुरुङ
- मुनु सिग्देल
- माधव पौडेल
- कृष्ण खनाल








