काठमाडौं । नेपालमा आज थप २०१ जनामा कोरोना संक्रमण भएको छ । सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जानकारी दिन गरेको नियमित पत्रकार सम्मेलनमा आज थप २०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २३ सय पुगेको छ । यसैगरि आज थप १२ जना कोरोना निको भएको मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना निको हुनेको २ सय ७८ संख्या पुगेको छ ।








