• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवनको रत्ननगरमा किसान कल सेन्टर स्थापना

  •   मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । किसानहरुको समस्या फोन मार्फत सामधान गर्ने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा किसान कल सेन्टर सुरु गरिएको छ । नेपाल सरकार अन्तर्गत फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानहरुका लागि कल सेन्टर स्थापना गरिएको हो । सो नगरपालिकाका नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवि अधिकारीले मंगलवार कल सेन्टरको सयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    किसानहरुलाई आइपर्ने समस्या र सामधानको लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनको लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ । फोन मार्फत किसानले राखेको समस्यालाई पालिका स्तरका प्राविधिकले तत्काल सामधान गर्ने र प्राविधिकले समस्या सामधान गर्न नसके विज्ञहरुलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले जानकारी दिए । किसान,पालिका प्राविधिक,विज्ञ र विज्ञ समुह सम्मलाई कल सेन्टरमा जोडेर कृषि र पशुपालनको समस्या सामधान गर्ने बृहद योजनाका साथ किसान कल सेन्टर स्थापना गरिएको उनले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधिहरु कृषि र पशुपालन प्रति जिम्मेवार रहेका कारण चितवनमै पहिलो पालिका स्तरमा रत्ननगरमा कल सेन्टर सुरु गरिएको बताए । किसानलाई प्रविधि संग जोड्न आवश्यक रहेको भन्दै उनले आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुमा पनि यसलाई जोड्न सकिने बताए ।

    कार्यक्रममा मेयर नारायण वनले किसानहरुको समस्या फोन मार्फत सामधान गर्न कल सेन्टर स्थापना गरिएको बताए । हामीले यो किसानलाई उपहारको रुपमा ल्याएका हौं उनले भने किसानको पहिचानको लागि परिचय पत्रको समेत व्यवस्था गर्दै छौं । मेयर वनले विपन्न किसानहरुको जीवन स्तर उकास्न ५० प्रतिशतमा गाई वितरण गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.दयाराम चापागाई,कृषि ज्ञान केन्द्र चितवनक प्रमुख युवराज पाण्डे,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकार्ई चिचवनका प्रमुख विनोद भट्टराई चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्त,नगर स्तरीय दुग्ध उत्पादक संघका अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.