नवलपुर । पूर्वी नवलपरासी देवचुलीमा डेढलाख नगदसहित पांँचजना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नम्बर १७ बस्ने कमल महत्तो, सोही स्थान बस्ने सन्तोष सिग्देल, गोबिन्द थनेत, हिरा महत्तो र मणिराम महत्तो रहेका छन ।
उनीहरुको साथबाट १ लाख ५० हजार ८५० नगद सहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई पक्राउ गरी जुवा मुद्वामा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।








