काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा कारोबार भैरहेको छ ।








