• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

मजदुर आन्दोलनले भोकै भए गाई भैसी

  •   बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरे पछि त्यहाँ पालिएका गाई भैसीले खान पाएका छैनन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ । विश्व विद्यालयमा १ सय १५ जना दैनिक ज्यालादारी मजदुर रहेका छन् । उनीहरुको माग करार नियुक्ति पाउनु पर्ने रहेको छ । आन्दोलनरत मजदुरहरुले भदौ २० गते विश्वविद्यालयको केन्द्रिय कार्यालय, डिन, सहायक डिन र प्रशासकहरुको कार्यकक्षमा तालाबन्दि गरेर आन्दोलन थालेका हुन ।

    विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा. होम वहादुर बस्नेतका अनुसार चार दिन देखि पानी खान नपाएका गाई भैसीलाई आज बिहान मजदुरहरुले दाना पानी दिएको बताउनुभयो । आन्दोलनरत मजदुरलाई निकै अनुरोध पछि दाना पानी दिने व्यवस्था मिलाईएको उहाँको भनाई छ । चार दिन सम्म दानापानी खान नपाए पछि गाइभैसीको अबस्था दयानिय वनेको छ । उहाँले भन्नुभयो “मजदुरले दुध दुहेर नालिमा फाल्दै आएकोमा निकै अनुरोध पछि बंगुरको बच्चालाई दिईएको छ ।” दैनिक ७० लिटर दुध हुने गरेकोमा अहिले ३० लिटर हाराहारीमा झरेको बस्नेत वताउनु हुन्छ ।

    गोठमा गत एक सातामा ६ वटा भैसी व्याएका छन् । १४ वटा व्याउने अबस्थामा छन् । रामपुरको गोठमा मात्र ६५ वटा भैसी रहेको उहाँको भनाई छ । गोठमा हालै मात्र उन्नत जातका पाँचवटा गाई ल्याइएको छ । गोठमा १९ वटा गाई छन् । बस्नेतको भनाईमा गाई भैसी व्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन् । यस संगै अध्ययनका लागि २६ वटा वंगुर, ६ वटा बाख्रा, १० वटा कुखुरा, स्थानीय सुंगुर ६ वटा, हालै रु १ लाख ५० हजारमा खरिद गरेर ल्याईएको एउटा राँगो र २० वटा भेडा रहेका छन् । ती पशुचौपायालाई नियमित दाना पानी र चरिचरण वन्द गरे पछि पूर्ण रुपमा प्रभावित वनेको उहाँ बताउनुहुन्छ ।

    गाईभैसी मर्ने अबस्था देखिए पछि मजदुरहरुलाई अनुरोध गरेर आज बिहानबाट दाना पानी नरोक्न भनिएको बस्नेतको भनाई छ । गोठमानै रहनुभएका बस्नेतले भन्नुभयो “यो अत्याबश्यक क्षेत्र भएकाले काम नरोक्न अनुरोध गरेका छौ ।” गोठमा २६ जना मजदुर काम गर्दछन् । ती मध्ये १४ जना दैनिक ज्यालादारीका हुन । १२ जना स्थायी करारका रहेका छन् । अन्य बिभागमा काम गर्ने आन्दोलनरत मजदुर समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल सरकारको ऐन नियममा श्रेणी बिहिन कर्मचारीलाई करार गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेत बताउनुहुन्छ । आन्दोलनरत मजदुर घनश्याम न्यौपानेले आँफुहरुले पशु चौपायाको दानापानी प्रभावित हुनेगरि नरोकेको दावि गर्नुभयो । उहाँको भनाईमा बिगतमा झै नभए पनि पशुचौपायले खान पाएका छन् । आँफुहरु अन्यायमा परेको उहाँको भनाई छ । प्रशासनले मागको वेवास्ता गरे पछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताउनुभयो ।

    मजदुरहरु मध्ये माथिल्लो तहकालाई करारका लागि प्रकृया अघि वढाईएको भए पनि योग्यता भएर पनि अन्यले अबसर नपाएको न्यौपाने बताउनुहुन्छ । विगत केही वर्ष यता यस बिश्वद्यिालयमा बिभिन्न नाममा आन्दोलन हुदैं आएको छ । गत वर्ष भर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ । विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा वढ्दै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु वताउँछन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.