काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो ।
प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनेछ । नयाँ कार्यतालिकाअनुसार पालिका अधिवेशन देशभर सबै पालिकामा एकैपटक असोज ९ गते हुने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ गते हुने भएको छ भने १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने छ ।
एक निर्वाचन क्षेत्र भएका जिल्लामा १५ गते नै जिल्ला अधिवेशन सम्पन्न हुने छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने १८ गते जिल्ला अधिवेशन हुनेछ ।









