• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन खबर पत्रिकाको नवौं वार्षिक उत्सवबाट अनलाइन पत्रिका पनि शुरु

  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मोफसलमा छोटो समयमै स्थापित हुन सफल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले नवौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव संँगै पत्रिकाले आफ्नो अनलाइन संस्करण इ–चितवन खबर डटकमको समेत शुभारम्भ गरेको छ । कोरोनाको कहरबीच पत्रिकाको कार्यालयमा एक कार्यक्रम बीच शुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पुरानो मेडिकल कलेजका सहप्राध्यापक तथा वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र पत्रिकाकी सम्पादक इन्दिरा पन्तले कम्युटरमा क्लिक गरी संयुक्त रुपमा अनलाइन संस्करणको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर केसीले चितवन खबर पत्रिकाले चितवन लगायत देशका हरेक गतिविधिलाई समेटेर पाठकको मनमस्तिष्कमा बस्न सफल भएको बताउनुभयो । मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको अनलाईन संस्करण इ चितवन खबर डटकमको सफलताको कामना गर्नुभयो । पत्रिकाले नागरिक सँग सरोकार राख्ने स्वास्थ्य क्षेत्रलाई समेत उत्तिकै प्राथमिकता राखी समाचार प्रकाशन गरेको बताउनुभयो । उहांँले अनलाईन संस्करण मार्फत विश्वभर रहेका पाठकवर्गहरुलाई समेट्न सक्ने हुंँदा सुूचना प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । मिडिया र मेडिकल क्षेत्रबीच नङ्ग र मासुको जस्तै सम्बन्ध भएको भन्दै हरेक मिडियाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । कार्यक्रमका बिशेष अतिथि मेडिकल कलेजका सिनियर मेनेजर दुर्गा न्यौपानेले मिडियाले मेडिकल क्षेत्रमा भएको आविष्कार तथा नवीनतम प्रविधिलाई जनतासामु पुयाउन मदत पुर्याउंँदै आएको बताउनुभयो । पत्रिकाले नियमित रुपमा स्वास्थ्य सम्बन्धी स्तम्भ प्रकाशित गरी नागरिक र स्वास्थ्यकर्मी बीच जोड्न पुलको काम गरेको उहांँले बताउनुभयो । समयको माग र सुचना प्रविधिको विकाससंँगै इ चितवन खबर डटकमले चाडै फड्को मार्ने उहांँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले पत्रिकाले आर्थिक सामाजिक लगायत अन्य क्षेत्रका समाचार सम्प्रेषण गरि लुकेका विषयवस्तुलाई जनता र सरकार समक्ष पुरयाउन सकेको भन्दै प्रंशसा गर्नुभयो । आगामी दिनमा अनलाईन संस्करणले दर्शक , श्रोता, पाठक एवं शुभेच्छुकको उत्तिकै मन जित्ने विश्वास व्यक्त गर्नुभयो । मिडिया हाउसका निर्देशक दिपक खड्काले विभिन्न आरोह अवरोहका बीच पत्रिकाले नागरिकको सुसुचित गर्ने अधिकार र खबरदारी गर्ने बिषयमा कहिल्यै विचलित नभएको बताउनुभयो । पत्रिकाले लामो समयदेखि चितवनमा रहेर आर्थिक, सामाजिक, राजनीतिक , स्वास्थ्य तथा कला क्षेत्रमा कलम चलाउने श्रमजीवि पत्रकार , संचारकर्मी र व्यवस्थापन पक्ष लगायत प्रति आभार प्रकट गर्नुभयो । पत्रिकाका महाप्रबन्धक हरि कार्की ूलक्कीूले पछिल्लो समय संचार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको भन्दै मिडिया हाउसलाई निरन्तरता दिनु चुनौतिपुर्ण रहेको बताउनुभयो । राज्यले समानुपातिक विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने भन्दै महाप्रबन्धक कार्कीले संचार माध्यम जोगाउने दायित्व सरकारको पनि रहेको बताउनुभयो । कोरोनाको कहर र लकडाउनका कारण बार्षिकोत्सव भव्य रुपमा मनाउन नसकिए पनि बार्षिकोत्सवको दिनलाई सम्झिएको उहांँले बताउनुभयो । बार्षिकोत्सवलाई लकडाउन खुले लगत्तै भव्य र सभ्य रुपमा मनाईने कार्कीले बताउनुभयो । उहांँका अनुसार स्थगित र नियमित कार्यतालिकाको अनुसारका कार्यक्रमलाई सो समयमा निरन्तरता दिइने छ । पत्रिकाका सम्पादक एवं कार्यक्रमका अध्यक्ष इन्दिरा पन्तले पत्रिका खोल्नुभन्दा निरन्तरता दिन झनै कठिन रहेको बताउनुभयो । पछिल्लो समय भ्रामक र अतिरञ्जित समाचारका कारण आम दर्शक पाठक श्रोता प्रति मिडियाको विश्वास गुम्दै गएको प्रति सम्पादक पन्तले चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा पत्रिकाले सत्यतथ्य, यथार्थ तथा वस्तुपरक समाचार सम्प्रेषण गर्न उत्तिकै सजग रहने भन्दै अनलाइन संस्करणलाई पनि सोही अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लक्की मिडिया हाउस चितवनले हाल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक रंगीन पत्रिका प्रकाशन गर्दै आएको छ । साथै पत्रिकाको अनलाईन संस्करणको मंगलबारदेखि शुभारम्भ गरेको हो । बार्षिकोत्सव कार्यक्रम पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठकले सञ्चालन गर्नुभएको थियो । लक्की मिडिया हाउसले विभिन्न कार्यक्रम, इभेन्ट, विज्ञापन एजेन्सीको भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय तथा स्थानीय श्रष्टा तथा समाजसेवी, उद्यमी व्यवसायी ,पत्रकारहरुलाई विभिन्न अवसरमा सम्मानित गर्दै आएको छ । यस अघि लक्की मिडिया हाउस र चितवन खबरको भित्तेपात्रोको लोकार्पण भइसकेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.