काठमाडौं । आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। तर, प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ ।
सोमबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा वर्षा आँकलन गरिएको छ ।








