चितवन । लायन्स अफ नारायणगढ बालकुमारीको पदस्थापन लायन्स क्लव अफ नारायणढ. बालकुमारीको २० औं, लियो क्लव अफ नारायणगढ बालकुमारीको १८ औं पदस्थापन तथा लायन्स क्लव अफ दलदले र लायन्स क्लव अफ चितवन रामेश्वरको ईण्डक्सन तथा चार्टर प्रिन्जेन्टेसन समारोहको कार्यक्रम सम्पन्न भएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा सम्पन्न भएको उक्त कार्यक्रम लायन्स क्लव अफ नारायणढ. बालकुमारीको वर्ष २०२०–२०२१ का अध्यक्ष लायन ई. हरि राम पौडेलज्यूले अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन राम प्रसाद भट्ट रहनुभएको थियो भने लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका क्याविनेट सेक्रेटरी लायन प्रभाकर पण्डित र क्याविनेट ट्रेजरर लायन नारायण प्रसाद शर्मा विशिष्ट अतिथि रहनुभएको थियो । यस्तै गरेर विशेष अतिथिहरुमा लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफहरु लायन सिद्धार्थ लाल चुके, लायन दिनानाथ न्यौपाने लायन नवराज सापकोटा, लायन गणेश ढकालज्यू र लायन हरि प्रसाद घिमिरेज्य रहनुभएको थियो ।
यस्तै गरेर लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एड्भाइजर को–चिफहरु लायन राजेन्द्र गौतम लायन कृष्ण पाण्डे, लायन खोमकान्त रेग्मीज्यू, लायन कमल प्रसाद श्रेष्ठ, लायन सुधा जोशी र लायन नारायण सापकोटा रहनुभएको थियो। त्यस्तै अतिथिहरुमा लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट चिफहरु लायन हेमा पौडेल, लायन गोपाल गौतम, लायन नेत्र प्रसाद आचार्य, लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट डेपुटी सेक्रेटरी लायन पूर्ण प्रसाद शर्माज्यू, डिष्ट्रिक्ट डेपुटी सेक्रेटरी लायन बिनोद सुबेदी, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बाल गोपाल चुके एरिया नम्बर ३ का एरिया को–चिफ लायन शालिकराम सापकोटाज्यू, एरिया नम्बर ३ का एरिया सेक्रेटरी लायन बिशालबाबु तिमिल्सिना, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन ईश्वरी प्रसाद खराल, जोन ५४ का जोन चेयरपर्सन लायन लोक बहादुर रानाभाट रहनभएको थियो ।
लायन्स क्लव अफ नारायणढ. बालकुमारीका प्रथम उपाध्यक्ष लायन शंकर प्रसाद आचार्यले स्वागत गरेका थिए भने लायन वर्ष २०२०–२०२१ का अध्यक्ष लायन हरि राम पौडेलले वर्षभरी गरेका कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बांँकी कार्यक्रमलाई आगामी अध्यक्षबाट सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन भट्टले लायन्स क्लव अफ नारायणढ. बालकुमारी र लियो क्लव अफ नारायणगढ बालकुमारीका वर्ष २०२१–२०२२ का अध्यक्ष ध्रुव प्रसाद पौडेल र लियो रिचेन्द्र पण्डितलाई पद तथा गोपनियताको सपथसँगै नेतृत्व परिवर्तनको औपचारिकता पुरा गराउनु भएको थियो ।
नयाँ स्थापना भएका दुई क्लवहरु लायन्स क्लव अफ दलदलेका संस्थापक अध्यक्ष लायन जीवलाल पराजुली र लायन्स क्लव अफ चितवन रामेश्वरका संस्थापक अध्यक्ष लायन जयन्ती प्रसाद उपाध्यक्ष लगायत क्लवका पदाधिकारीहरु लगायत क्लवका संस्थापक सदस्यहरुलाई पालैपालो पद तथा गोपनियताको सपथ ग्रहण गराई क्लवमा आवद्धता र सदस्यताको प्रमाणपत्र तथा पिनहरुले सुशोभित गर्नुभएको थियो । कार्यक्रमको सोही अवसरमा लायन्स डिष्ट्रिक्ट ३२५ ले स्थापना गर्न लागेको टियू व्लड बैंकको प्रति व्यक्ति रु २५,००० तिरेर लिनुपर्ने आजिवन सदस्यता लायन्स क्लव अफ नारायणढ. बालकुमारीका ५ जनाले लिनु भएको थियो भने लायन्स नेपाल गुठीको समेत आजिवन सदस्यता लिने सदस्यहरुबाट घोषणा भएको थियो ।
त्यस्तै गरेर लायन्स क्लव अफ नारायणढ. बालकुमारीले विगत लामो समयदेखि सहयोग गर्दै आएको भरतपुरको नारायणी नमुना मा. लि.का लागी दृष्टिविहिन र अपागंहरुको लागी लक्षित गरेर क्लवका पूर्व अध्यक्ष लायन बालगोपाल चुकेले क्लवका तर्फबाट रु एक लाख विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लायन टेक बहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो भने लायन बालगोपाल चुकेले टियू व्लड बैंकको आजिवन सदस्यता सहित थप रु ७५ हजार समेत थप सहयोग गर्ने घोषणा पनि गर्नुभएको थियो । लायन्स क्लव अफ नारायणढ. बालकुमारीका सचिव लायन शेर बहादुर पौडेलले संचालन गरेको उक्त कार्यक्रममा क्लवहका सहभागिलाई धन्यबाद ज्ञापन लायन्स क्लव अफ चितवन रामेश्वरका सतिव अच्युत पण्डितले गरेका थिए ।









