चितवन । भरतपुर अस्पतालको कोभिड आइसियुमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परिक्षणको क्रममा कोरोना नभएको प्रयोगशालाका बरिष्ठ टेक्नोलोजिष्ट दिपक सुवेदीले जानकारी दिए । मृत्यु हुने २७ वर्षिय युवा भारतबाट आएका थिए । उनी माडीमा क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो आएपछि शुक्रवार भरतपुर अस्पताल लगिएको थियो । शनिवार विहान ज्वोरोका कारण निधन भएपछि कोरोना संक्रमणको शंका गरिएको थियो । मृत्यु हुनु अघि युवा कामेका थिए । ‘ छारे रोग जस्तै कामेका थिए ’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा.श्रीराम तिवारीले भने ‘ ज्वरो आएकोले कोरोनाको शंका गरेपनि त्यो नभएको पुष्टि भएको छ ’ । उनी दुई साता अघि मात्रै नेपाल आएका थिए । ढाडको हड्डी भाच्एिको र खुट्टा नचल्ने समस्याले भारतमा उपचार गराउन गएका थिए ।








