• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

नेकपा (माओवादी केन्द्र) भरतपुरको बिस्तारित बैठक, एकढिक्का भएर पार्टी निर्माणमा लाग्न निर्देशन

  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीकोे विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकमा २९ वडाका इन्चार्ज अध्यक्ष तथा सचिवका साथै अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

    बैठकलाई सम्बोधन गर्दै इन्चार्ज ईश्वरी भट्टराईले माओवादी पार्टीलाई शसक्त र जनप्रिय पार्टी निर्माण गर्नुपर्ने बताए । उनले देशकै ठूलो पार्टी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको निर्णय बमोजिमका कार्यक्रमहरू ल्याउन निर्देशन दिए । तोकिएकै मितिभित्र पार्टी कमिटीहरूको बैठक तथा भेलाहरू सम्पन्न गरिसक्न आग्रह गरे ।

    पाटीलाई नया‘ गतिका साथ अगाडि बढाउन पार्टी हेडक्वाटरको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको भन्दै ती निर्णयहरुलाई उर्जाका साथ अगाडि बढाउन निर्देशन समेत दिए । पार्टी जनताबाट टुट्न नहुने भन्दै इन्चार्ज भट्टराईले जनता केन्द्रित भएर काम गर्न आग्रह गरे ।

    बिस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले सम्पूर्ण सहभागी पार्टी नगर कमिटीका सदस्यहरूलाई पर्टीलाई गति दिनेगरी योजनाबद्ध ढंगले योजना बनाएर गाउँगाउँमा जान आग्रह गरिन् ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एकतादेखि विघटनसम्मको परिस्थितिको चर्चा गर्दै सर्व सत्तावादी सोच बोकेका ओली र ओली प्रवृत्तिका कारण प्राप्त उपलब्धीहरू संकटमा परेको भन्दै यसलाई जोगाउन नेपाल कम्यूनिस्ट पार्टी माओवादी केन्द्र देशको ठूलो पार्टी बन्नै पर्ने बताउँदै सोहीबमोजिम पार्टीले लिएका निर्णयहरूलाई कडाईका साथ कार्यान्वयन गर्दै जानुपर्ने बताइन् ।

    माओवादी कार्यकर्ताहरूलाई विगतको जसरी निदायर बस्ने छुट नभएको भन्दै सबैले आआफ्नो जिम्मेवारी इमानदारिताका साथ कार्यान्वयन गर्दै एक ढिक्का भयर पार्टी निर्माणमा लाग्न आग्रह गरिन् । दाहालले यथास्थितिमा माओवादी पार्टी अगाडि बढ्न नसक्ने बताउँदै सबैको सामुहिक प्रयासबाट छलाङ मार्नुपर्ने बताइन्।

    भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले जनताको मनमनमा पुगेर मात्र पार्टी र आन्दोलनको विकास र रक्षा गर्न सकिने भन्दै जनताको सुख दुखमा एकाकार भयर आम जनताको मन जित्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकामा आफु प्रमुख भएर आयदेखि नै पार्टी र जनसमुदायसँग सहकार्य गर्दै दिगो र योजनाबद्ध विकासमा केन्द्रित रहेको भन्दै विकास ,सम्वृद्धि र सुशासनमार्फत आम नगरबासीको मन जित्ने काममा आफू सफल भएको अनुभूति आफूलाई भएको बताइन् ।

    नगर इन्चार्ज दाहालले आपसी अस्वस्थ प्रतिस्पर्धा, आक्रोस, कुन्ठाले पार्टी निर्माण गर्नै नसक्ने बताउँदै यसले गुटबन्दीलाई मात्र प्रश्रय दिने हुँदा त्यस्ता गतिविधिहरू सबैले छोडेर एक ढिक्का बनाएर पार्टी निर्माण गर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् । पार्टीले योग्यता क्षमता र योगदानको आधारमा उपयूक्त जिम्मेवारी दिने बताउँदै कोही कसैको गुनासो नआउने गरी पार्टी गतिविधिमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।

    माओवादी केन्द्र सचिवालय, प्रदेश कमिटी र जिल्ला कमिटीहरूको बैठकको निर्णयअनुसार सम्पूर्ण पालिकाहरूको पालिका र वडा र टोल कमिटीहरूको भेला, कमिटी गठन तथा पुनर्गठन असोज १५ गतेसम्म गरिसक्ने निर्णय भएसंगै माओवादी केन्द्र चितवनले जिल्लाका ७ वटै पालिकाहरूमा पालिका, वडा र टोल कमिटीहरूका साथै जनवर्गीय र पेसागत समितिहरूको मेलामा केन्द्रित भएको छ। मंगलबार नगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वडागत रिपोटिङ गरेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.