• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन

  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गर्नुभयो । पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेख्नुभएको छ । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने पुस्तक प्रकाशन तथा संयोजन समितिका संयोजकसमेत रहनुभएका बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले ‘चितवन दर्पण’ पुस्तक यहाँको ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । “विज्ञ लेखकले निकै मेहेनत गरेर लेख्नुभएको छ”, उहाँले भन्नुभयो, “पुस्तकबाट वर्तमान र भावी पुस्ताले जिल्लाका बारेमा धेरै जानकारी लिन सक्नेछन् ।” जिल्लाको यतिधेरै तथ्य तथ्याङ्कसहित ऐतिहासिक विषयवस्तु समेटिएर प्रकाशन गरिएको यो पुस्तक पहिलो भएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले एउटै पुस्तकमा समग्र जिल्लाको जानकारी प्राप्त गर्न सकिने जानकारी दिनुभयो । उहाँले पुस्तकबाट चितवनका बारेमा धेरै जानकारी प्राप्त गर्न सकिने जनाउँदै नयाँ पुस्ताले एउटै पुस्तकबाट धेरै विषय अध्ययन गर्न सक्ने बताउनुभयो ।

    पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने उहाँको भनाइ छ । जिल्लाका विज्ञहरुलाई सहभागी गराएर पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको डल्लाकोटीले बताउनुभयो । पुस्तक प्रकाशनका क्रममा विज्ञसहितको टोलीले चितवनका सात पालिकामा पुगेर तथ्य तथ्याङ्क सङ्कलन गरेको थियो । सो क्रममा सबै पालिकाका अग्रज तथा विज्ञहरुसँग आवश्यक जानकारी लिइएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदीले जानकारी दिनुभयो । उहाँले विज्ञहरुको एक वर्षको मेहेनतबाट पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो ।

    पुस्तकमा जिल्लाका ऐतिहासिक र परिकल्पना गरेका तस्वीरसमेत राखिएको छ । जिल्लाको स्थापनामा महत्वपूर्ण योगदान पुयाउने अग्रजहरुको परिचय र योगदानसमेत पुस्तकमा समावेश गरिएको छ । पुस्तक प्रकाशनका क्रममा आवश्यक तथ्य, तथ्याङ्क उपलब्ध गराउनका लागि जिल्लावासीमा आह्वानसमेत गरिएको थियो । सामाजिक विकासमन्त्री सुवेदी संयोजक रहनुभएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदी, सदस्यमा प्रा डा देवीप्रसाद कँडेल, राजेन्द्र रेग्मी, रमाकान्त सापकोटा, इन्द्रप्रसाद लामिछाने, मुनाकुमारी श्रेष्ठ, डिआर पोखरेल, कपिल सुवेदी, डा इन्द्रविलास घिमिरे रहनुभएको छ ।

    यस्तै जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतमको संयोजकत्वमा व्यवस्थापन समिति र सम्पादक सहयोग समितिका संयोजक नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण अधिकारी, सदस्यमा पत्रकार दीपेन्द्र अधिकारी र कृष्ण आचार्य रहनुभएको छ । पुस्तकमा भाषा सम्पादनको काम प्रध्यापक कृष्णमणि पहारीले गर्नुभएको छ । पुस्तक प्रकाशनमा योगदान पुयाउने सबैलाई पाँचौँ जिल्लासभामा सम्मानसमेत गरिएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.