चितवन । लामो समय देखिको लकडाउनका कारण समस्यामा परेको भन्दै चितवनका केही व्यवसायीहरुले शनिवार पसल खोल्ने प्रयास गरे पनि प्रहरीले अबरोध गरेको छ । लामो समयसम्म लकडाउन झेल्न नसक्ने भन्दै नारायणगढका केही व्यवसायीहरुले शनिवार दिउँसो पसल खोलेका थिए । उनीहरुलाई प्रहरीले पसल बन्द गर्न बाध्य पारेको थियो । लामो लकडाउनका कारण मर्कामा परेको भन्दै व्यवसायीहरुले सामाजिक सञ्जालमार्फत चर्को बिरोध गर्न थालेका छन् । कतिपय व्यवसायीले त लकडाउनको भद्र अवज्ञा गर्न भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइरहेका छन् । केहीले लकडाउनको अवज्ञा गर्न भन्दै बजारका सटरहरुमा पर्चा टाँस्न थालेका छन् । उनीहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि बढाउन माग गरेका छन् । राजश्व विभागले जेठ महिना भित्रमा कर तिर्न ताकेता गरेपछि व्यापारीहरु थप आक्रोशित बनेका हुन् । राजश्व बुझाउने तयारीमा पसल पुगेका व्यपारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनीहरुले यो अवस्थामा कर तिर्न नसकिने बताए । एक स्थानिय व्यपारी भन्छन्, सरकारले कर तिर भन्ने अनि कर तिर्नको लागी व्यवसायी नै सञ्चालन नगरी कर हामीले कसरी तिर्न सक्छौ, उनले बताए । यका तिर कर तिर्न ताकेता गर्ने अर्को तिर पसल सञ्चालन गर्न नदिने अनि कहाबाट पैसा ल्याएर हामीले कर तिर्ने सकारलाई उनले दुखेसो गरे ।








