चितवन । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेद्वारा अक्सिजन कन्सन्ट्रेटर एक थान बितरण गरिएको छ । देवचुली नगरपालिका १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई उक्त कन्सन्ट्रेटर सहयोग गरिएको हा । उक्त अक्सिजन कन्सन्ट्रेटर बितरण कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपाने र सिद्धार्थ लाल चुके, डिष्ट्रिक्ट एड्भाइजर कोचिफ लायन राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बाल गोपाल चुकेको सहभागिता रहेको थियो ।
यस्तै अस्पतालका तर्फबाट सन्चालक समितीका अध्यक्ष शन्त बहादुर क्षेत्री, बरीष्ठ उपाध्यक्ष प्रेम न्यौपाने, अस्पतालका निर्देशक डा. बिनोद पौडेल तथा ब्यबस्थापक हरी सापकोटा रहनुभएको थियो। लायन्स क्लब अफ दलदलेका अध्यक्ष लायन जिबलाल पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपानेले अक्सिजन कन्सन्ट्रेटरको लागि आर्थिक सहयोग गर्ने नेपाली अमेरिकन लायन्स रहेका थिए ।
सामुदायिक प्राकृतिक चिकित्सालयले सहयोग गर्ने लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ दलदलेलाई धन्यवाद दिदै अस्पातलले सो अक्सिजन कन्सन्ट्रेटरको अधिकतम प्रयोग गर्ने बताएको छ । अस्पातलका निर्देशक डा. बिनोद पौडेलले अस्पतललाई सम्झिएर अक्सिजन कन्सन्ट्रेटर बितरण गरेकोमा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल लगायत सम्पूर्ण सम्बद्ध निकायहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा सामाजिक सस्थाहरुबाट पनि यस्तै सहयोग र साथको अपेक्षा रहेको बताए ।
कार्यक्रम लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव शेर बहादुर पौडेलले सन्चालन गर्नु भएको थियो । सोही अवसरमा लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा कावासोती नगरपालिकाको वडा नम्बर १२, पिठौलीमा रहेको पिठौली स्वास्थ्य चौकी (सन्तुदेवी उपचार केन्द्र) मा समेत एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको थियो ।
लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपाने र सिद्धार्थ लाल चुके, डिष्ट्रिक्ट एड्भाइजर कोचिफ लायन राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बाल गोपाल चुके, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव शेर बहादुर पौडेल तथा लायन्स क्लब अफ दलदलेका सस्थापक अध्यक्ष लायन जिबलाल पराजुली र सदस्यहरु उपस्थित रहेका थिए । स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक ईन्द्र बहादुर महतोलाई सो अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।








