• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काँग्रेस अधिबेशन : कावासोतीमा श्रेष्ठ नेतृत्वमा प्यानल घोषणा

  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । नेपाली काँग्रेस कावासोती नगरपालिकाको अधिबेशनका लागि काँग्रेस युबा नेता अमृतकुमार श्रेष्ठको नेतृत्वमा उम्मेदवार हरुको प्यानलनै घोषणा गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका श्रेष्ठलाई शनिबार साँझ काँग्रेस जिल्ला कार्यलयमा आयोजित एक।कार्यक्रमका बिच सभापतिको उम्मेदवार घोषणा गरिएको हो । सभापति पदका अर्का आंकाक्षि हेम प्रसाद पाण्डेले श्रेष्ठलाई सभापति पदको उम्मेदवार घोषणा गरेका थिए ।

    श्रेष्ठको नेतृत्वको टिम अन्तर्गत उपसभापतिमा मुक्ती थापा पुलामी र जितबहादुर महतो सचिबमा लेखनाथ दवाडी र हरिबंश सुवेदी , सहसचिबमा पुष्पा देबि गुरौ र भिमबहादुर अधिकारी लाई उम्मेदवार घोषणा गरिएको छ । सभापतिका उम्मेदवार श्रेष्ठ नेबिसंघ , तरुण दल हुँदै कांग्रेस राजनितीमा आएका हुन् । साबिक शिबमन्दिर गाबिसमा काँग्रेसको सचिबको भुमिका समेत निभाएका श्रेष्ठ काँग्रेसको १३ औं महाधिवेशनमा कावासोती नगर सभापतिमा थोरै मत अन्तरले पराजित भएका थिए ।

    श्रेष्ठलाई काँग्रेस महामन्त्री डा शशांक कोईराला , गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली , जिल्ला सभापती बिष्णु प्रसाद लामिछाने , प्रदेश सांसद ओमकला चालिसे , महासमिती सदस्य बिष्णुकुमार कार्की , कावासोतीका लोकप्रिय काँग्रेस नेता एबम् मेयरका उम्मेदवार महेन्द्र पोखरेल , महासमिती सदस्य श्याम श्रेष्ठ , काँग्रेस युबा नेता मनोहर पराजुली लगायतको समर्थन छ । घोषणा सभामा बोल्ने नेताहरुले काँग्रेसका कुशल संगठनकर्ता र कावासोतीमा काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण योगदान दिने श्रेष्ठलाई आफुहरुले स्वाभाविक रुपमा समर्थन गरेको बताए ।

    घोषणा सभामा बोल्दै सभापतिका उम्मेदवार श्रेष्ठले आफु सभापती निर्बाचित भए आगामी स्थानिय निर्बाचनमा कावासोतीमा काँग्रेसले कावासोती नगरपालिकामा बिजयको झण्डा गाड्ने बताए । त्यसका लागि आफू निर्बाचित भएको दिन देखिनै योजना बनाएर काम थाल्ने उनले बताए । उनले आफू अन्तिम पटक सभापतिको उम्मेदवार भएको भन्दै आगामी अधिबेशनमा नयाँ पुस्तालाई अघि बढाउने प्रतिबद्द्ता ब्यक्त गरे । श्रेष्ठ अहिले मातृ शोकमा छन् ।

    किरिया कर्ममै क्रममा रहेका श्रेष्ठले घोषणा सभामा उपस्थित भएर आफ्नो उम्मेदवारीको उदेश्य माथी प्रकाश पारेका थिए । कावासोतीमा नगर अधिबेशन असोज ११ गते हुँदैछ । अधिबेशनका लागि यस अघि नै सालिकराम ढकाल ले सभापतिमा प्यानल सहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकालको प्यानल लाई काँग्रेस नेता महेन्द्रध्वज जिसि को समर्थन छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.