काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज थपिएका संक्रमितहरुमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । जसमा ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । पछिल्लोसमय १०२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।








