काठमाडौं । लकडाउन पछि पहिलोपटक सुनचाँदी व्यवसायी महासंघले आइतबारबाट सुनचाँदीको भाउ तोकेको छ । सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै लकडाउन गरेपछि चैतमा तोकेको सुनको मूल्यमा साढे दुई महिनापछि नयाँ भाउ तोकेको हो । सुनचाँदी व्यवसायी महासंघले यस अघि चैत १० गते अन्तिम पटक छापावाला सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ र चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो । महासंघले सार्वजनिक गरेको नयाँ मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यसैगरी चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पुगेको छ ।








