• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

कठिन ब्रतमध्येको एक ‘जितिया पर्व’, जितबाहन किन पुजिन्छ ?

"आज निर्जला व्रत बसेर सन्तानको दीर्घायुको कामना गरिँदै "
  •   बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिला निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् ।

    विशेषगरी नेपालको तराई क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ ।

    भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परम्परा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ । यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ । नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ ।

    विशेषगरी बिवाहित महिलाले यो व्रत बस्ने परम्परा भए पनि अहिले अबिवाहित महिलाले पनि ब्रत बस्ने गरेका छन् । महिला आफ्ना सन्तानको लामो आयुका लागि ब्रत बस्छन् ।

    जितियाका तीन दिन
    तीन दिनसम्म चल्ने यस ब्रतलाई कठिन ब्र्रतको रूपमा लिइन्छ । तीन दिनसम्म चल्ने यस पर्वमा सप्तमीको दिन नहाए खाए, अष्टमीको दिन नीर्जला व्रत र नवमीका दिन ब्रत खोल्ने अर्थात् पारण गरिन्छ ।

    सप्तमी अर्थात् नहाए खाएका दिन ब्रतालु बिहान नदीमा स्नान गरेर एक छाक सात्विक भोजन गर्छन् । सूर्यास्तपछि भने केही पनि खाँदैनन् । रातको समयमा घरको चारै दिशामा केही खानेकुरा राख्ने चलन पनि छ ।

    ब्रतको दोस्रो दिन ब्रतालुहरू पवित्र सरोवरमा स्नान गरी जिमुतवाहनको कथा सुन्ने गर्छन् । ब्रतको फलबारे जानकार र प्रौढ महिलाले व्रतालुलाई कथा सुनाउँछन् । कथा सुन्नका लागि ब्रतालु नदी, पोखरीमा भेला हुन्छन् । यस दिन सबै व्रतालु निर्जला अर्थात् पानी पनि नपिई बस्छन् ।

    ब्रतको तेस्रो दिन ब्रत खोल्ने अर्थात् पारण गरिन्छ । यस दिन ब्रतलाई समापन गरी दान, दक्षिणा गर्ने गरिन्छ ।

    जितियाको पौराणिक आधार
    पौराणिक मान्यताअनुसार यस व्रतको महत्त्व द्वापर युगसँग जोडिएको पाइन्छ । महाभारतका अनुसार अभिमन्युका पुत्र, पाण्डव कुलको वंशको रूपमा उत्तराको गर्भमा रहेका पुत्रलाई अश्वत्थामाको ब्रह्मास्त्र प्रहारबाट भगवान् कृष्णले रक्षा गरेका थिए ।

    यसैको आधारमा आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन महिलाहरू आफ्ना पुत्रको रक्षा र लामो आयुका लागि निर्जला व्रत बस्ने गर्छन् । यस दिन व्रत बस्नाले कृष्ण भगवान्ले सन्तानहरूको रक्षा गर्ने जनविश्वास रहिआएको छ ।

    जितियामा पुजिने जितबाहन
    जितियामा जसको व्रत बसिन्छ, उसलाई भगवान् जितबाहन भनिन्छ । भगवान् जितबाहन बिनाबाबु र बिनानाम आमासँगै रहेको अवस्थामा आफ्ना बाबु भगवान् भएको थाहा पाएर आफ्ना बाबुको पहिचानका लागि घरबाट निस्कन्छन् ।

    बाबुको पहिचान गर्न उनले आकाशसम्मको यात्रा गरेको वर्णन पाइन्छ । आकाशमा गएर आफ्ना बाबुको पहिचान गरी बाबुबाट ‘जितबाहन’ नाम पाएका थिए । साथै, ‘सबैले तिम्रो पुजा गर्नेछन्’ भनेर उनका बाबुबाट आशीर्वादसमेत पाएका थिए । यसकै आधारमा भगवान् जितबहानको पूजाआजा गरेर जितिया पर्व मनाइन्छ ।

    जितिया व्रतको कथा
    नर्मदा नदीको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज गर्थे । खोलाको पश्चिमी किनारमा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रूख थियो, जसमा पोथी चिल बस्थी भने रूखमुनि पोथी स्याल बस्थी ।

    एक दिन जंगलका अरूलेजस्तै उनीहरूले पनि भगवान् जीतबाहन गोँसाईको निर्जला व्रत बस्ने निर्णय गरे । तर, सोही दिन उनीहरू बस्ने मरुभूमिको छेउमा रहेको शहरको धनी व्यापारीको मरेको छोरालाई ल्याएर त्यसै ठाउँमा गाडिदिन्छ ।

    चिलले अरूले जस्तै व्रत कायम राखे पनि पोथी स्यालले भने व्रतलाई कायम राख्न सकिन र गाडेको लासको मासु खाएर व्रत भंग गरी । अर्को जन्ममा चिल र स्याल एउटै घरमा ब्राह्मण परिवारमा दिदी–बहिनी भएर जन्मिन्छन् ।

    शिलवती नामकी ब्राह्मण कन्याको रूपमा चिलले जन्म लिन्छे भने कपुरवतीको रूपमा स्यालले जन्म लिन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको राजा मलायकेतुसँग विवाह हुन्छ । शिलवतीका सात जना सुन्दर पुत्र हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु हुन्छ ।

    शिलवतीका छोराहरूले राजा मलायाकेतुकोमा काम गर्न थाल्छन् । ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि स्यालबाट शिलवती बनेकी बहिनी कपुरवती रिसले चुर हुन्छिन् ।

    राजालाई भनेर ती सातै जना शिलवतीका पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदीकोमा पठाउने षड्यन्त्र गर्छिन् । तर, यो कुरा भगवान् जीतबहान गोँसाईले थाहा पाएपछि सातै जना छोरालाई बचाउँछन् ।

    ती सात जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिदिन्छन् । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।

    हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्युले रुवाबासी भइरहेको होला भन्ने अनुमान गरी एक सेविकालाई बुझ्न पठाउँछिन् । तर, शिलवतीको घरमा हर्ष, उल्लास र खुसियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवान्को कृपा छ भन्ने सोच्छन् ।

    दिदीको खुसी सहन नसकेर अब कपुरवती दिदीको घर पुग्छिन् र सम्पूर्ण कुरा भन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जतिबेला उनले चिलको रूपमा भए पनि भगवान् जीतबाहनको व्रत बसेकी थिइन् । शिलावतीले पूर्वजन्मको घटना कपुरवतीलाई सुनाउँदै व्रत भंग गरेका कारण छोरा जीवित नरहेको जानकारी गराइन् ।

    यसै बेलादेखि श्रद्धापूर्वक आमाहरूले छोराछोरीको रक्षाका लागि जितिया पर्वमा व्रतको परंपरा थालेको मान्यता रहिआएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.