काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बैठक बोलाइएको हो ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ ।
तर नेकपा एमालेले सर्वदलीय बैठकमा सहमति नजुटे संसद अवरोधलाई निरन्तरता दिने सम्भावना छ ।








