• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन मेडिकल कलेजका सञ्चालक ममता शर्मा न्यौपानेको समूहले सत्य साई सङ्गठनमा बाल आश्रम सञ्चालन गर्दै आएको छ । बालबालिका उद्धारकै क्रममा सडकमा भेटिएका अभिभावकलाई उद्धार गरी चितवन मेडिकल कलेजमा निःशुल्क उपचार गर्न थालियो ।

    उपचारपछि कहाँ राख्ने भन्ने समस्या आएपछि आश्रम स्थापना गरिएको न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चालाई बाल आश्रममा राखियो, उपचारपछि अन्यलाई राख्न यो आश्रम खोलेका हौँ, उपचार चितवन मेडिकल कलेजमा निःशुल्क रुपमा गरिँदै आएको छ, औषधि पनि त्यही फार्मेसी सञ्चालन गर्ने सरोज ज्ञवालीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आउनुभएको छ ।” सडकमा यसरी भेटिएकामा बढी मात्रामा मानसिक समस्या देखिने गरेको छ । यसका अतिरिक्त विभिन्न खालका रोगव्याधी बोकेर सडकमा पुगेका हुने गर्दछन् । कतिपय सडकमै पुगेपछि अन्य रोगबाट ग्रस्त हुने गर्छन् ।

    आश्रमका अध्यक्षसमेत रहनुभएका न्यौपानेले भन्नुभयो, “एउटै बिरामीलाई तीन महिनासम्म आइसियु र सात महिनासम्म अस्पतालमा राखेर बचाएका छौँ ।” भरतपुर महानगरपालिका–९ सङ्गम टोलमा रहेको आश्रममा हाल २९ महिला, आठ पुरुष र एक बच्चा रहेका छन् । यसअघि आश्रम भरतपुर–१२ को आस्थाचोकमा रहेकामा हाल सो ठाउँमा राखिएको हो । विसं २०७२ भदौ २७ गते स्थापना गरिएको यस आश्रमबाट हालसम्म १७० जनाको उद्धार गरिसकिएको छ । न्यौपानेका अनुसार ८७ जनाको पुनःस्थापना गरिएको छ । आश्रममा रहँदै गर्दा ३३ जनाको मृत्यु भएको छ । आश्रममा एक सिएमए, एक अनमी, एक व्यवस्थापक र दुई सहयोगी छन् ।

    आश्रितलाई स्वास्थ्य सेवा चाहिरहने हुँदा स्वास्थ्यकर्मी नै राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एक वर्षमा औषधोपचारमा रु ४० लाख हाराहारी खर्च हुँदै आएको छ । त्यसमध्ये रु १० लाख हाराहारी औषधिमा खर्च हुने गर्दछ । आश्रम सञ्चालनका लागि मासिक रु दुई लाख ५० हजार हाराहारी खर्च हुने गरेको संस्थाका उपाध्यक्ष विनोद ढकालले बताउनुभयो । उहाँका अनुसार आश्रममा चितवनसहित गोरखा, लमजुङ, तनहुँ, धादिङ, मकवानपुर, नुवाकोट, बागलुङ, पाल्पा, काठमाडौँलगायत जिल्लासम्म पुगेर सहयोगापेक्षीको उद्धार गरी ल्याइएको छ ।

    उहाँले भन्नुभयो, “नितान्त सडकमै बसेका, घर समाज नभएका, मानसिक सन्तुलन गुमाएका र मागेरसमेत खान नसक्ने अवस्थामा पुगेकालाई हामीले उद्धार गरी ल्याएका छौँ ।” आश्रम सञ्चालनका लागि समितिका सदस्यले नियमित सहयोग जुटाउँदै आउनुभएको छ । समितिमै रहेकाहरुले मासिक रु ५०० देखि पाँच हजार सङ्कलन गर्दै आएका छन् । जन्मदिन, विवाहउत्सव, पुण्य तिथिसँगै, लायन्स, लियो, रोटरी, टोल सुधार संस्था र व्यावसायिक फर्मले विभिन्न पर्व तथा समय पारेर खाना खुवाउने र दान गर्ने गरेका छन् ।

    उहाँले भन्नुभयो, “दाताहरुकै भरमा आश्रम सञ्चालन गरिरहेका छौँ ।” संस्थाका कोषाध्यक्ष सरोज ज्ञवालीका अनुसार दिगो सञ्चालनका लागि अक्षयकोष अभियान सञ्चालन गरिएको छ । हालसम्म रु ८० लाख हाराहारी रकम अक्षयकोषमा जम्मा भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैको साथ र सहयोग रह्यो भने मानवीय पुण्य कार्य सफल हुँदो रहेछ भन्ने देखिएको छ ।” भविष्यमा अक्षयकोषको ब्याज रकमबाट नियमित सञ्चालन हुनसक्ने बनाउनका लागि आफूहरु लागिपरेको ज्ञवाली बताउनुहुन्छ ।

    स्थापनाको छ महिना महानगरपालिकाले घर भाडा दिएपछि निजी क्षेत्रबाट मात्रै सहयोग जुट्दै आएको छ । आश्रममा रहेकाको उपचारसँगै उनीहरुको विगतको बेदना सुन्दा जोकोही भावुक हुने गर्दछन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.