चितवन । अन्तर्राष्ट्रिय जेस्ठ नागरिक दिवसको अवसरमा भरतपुरको शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । आश्रम रहेको भरतपुर ९ को संगम टोलका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । शुक्रवार गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले १५ जना वृद्धहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा आश्रममा रहेका बृद्ध बृद्दालाई भोजन गराइएको थियो । एजिङ नेपालले खाध्यान्नका लागि आर्थिक सहयोग गरेको थियो । डा. शारदा कुवरको सक्रियतामा विभिन्न लायन्स क्लबहरुले सहयोग गरेको थिए । त्यस्तै मानव अधिकार तथा शान्ती समाज चितवनले सहयोग गरेको अध्यक्ष ममता शर्मा न्यौपानेले बताउनु भयो ।
बिशेष अतिथी चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिश्चन्द्र न्यौपाने , वडाध्यक्ष यमलाल कडेल , भरतपुर महानगरको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेल , लायन्स क्लबका एरिया चिफ बालगोपाल चुके , मानव अधिकार शान्ति समाजका अध्यक्ष शम्भु राउत , कृषी तथा बन बिश्वबिध्यालयका सेवा आयोगको अध्यक्ष म्च कल्याणी मिश्र , चितवन मानव सेवा आश्रमका उपाध्यक्ष बिनोद ढकाल , सचिव देबि आचार्य , कोषाध्यक्ष सरोज ज्ञवाली लगाएतले बोलेका थिए ।








