हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध विन साइरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतलसहित हेटौंडाका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका– ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिणामको लागूऔषधसहित हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो । बिहिबार रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २४ प २२१० नम्वरको मोटरसाईकल चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको उक्त परिणामको लागूऔषध बरामद भएपछि प्रहरीले निजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।








