मकवानपुर। वागमती प्रदेश र मकवानपुर प्रहरीको संयुक्त टोलीले सांँढे २७ विघाको गांँजा नष्ट गरेको छ । असोज १७ र १९ बागमती प्रदेश प्रहरी गण रातोमाटे रजिल्ला प्रहरी कार्यालय मकवानपुरबाटप्र।नि। देवेन्द्र दासको कमाण्डमा ६१ जनाको टोलीले लागुऔषध गाँजा खेतीफडानी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार राक्सिराङ गाउंँपालिका र कैलाश गाउंँपालिका वडा नंम्बर ३,४ को कालिकाटार कटुन्जे,अम्बाटार, कात्तिके देउराली,चिसापानी, बेतेघारी,सलनी र टोकुवा क्षेत्रहरुमा गाँजा खेती २७ बिगाहा,८ कठ्ठा र गाँजाको ब्याड ४ कठ्ठानष्ट गरिएको हो ।








