• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवनमा ‘नो मास्क नो मुभमेन्ट’ अभियान सुरु

  •   बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असोज २२ गतेबाट “नो मास्क नो मुभमेन्ट” अभियान सुरु गर्ने भएको छ ।उक्त अभियान एक सातासम्म चल्ने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । बिशेष गरी सार्वजनिक सवारी साधनलाई लक्षित गरी उक्त अभियान चलाइने प्रजिअ तामाङले बताए ।

    दशैं नजिकिएसँगै सर्वसाधारणको आवातजावत पनि बढ्ने भएको मास्क अनिवार्य गर्नका लागि अभियान चलाउन लागिएको उनले बताए । केन्द्रीय बस टर्मिनल भरतपुर, पोखरा बसपार्क नारायणगढ, पुलचोकसँगै जिल्लाका अन्य मुख्य क्षेत्रमा उक्त अभियान चलाइने उनले बताए । यस्तै कुरिनटारमा पनि उक्त अभियान सञ्चालन हुनेछ ।

    दशैंमा मानिसको हिड्डुल बढी हुने मास्क नलगाउदा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भएकोले नागरिकलाई सचेत गराउन उक्त अभियान चलाउन लागिएको उनले बताए । “२१ गतेबाट नवरात्र प्रारम्भ हुँदैछ, त्यसपछि दशैंका लागि आवात जावत बढ्छ । यस्तो अवस्थामा मास्क नलाउँदा कोभिडको जोखिम हुन्छ, उनले भने, बिशेष गरी सार्वजनिक सवारी साधनलाई लक्षित गर्दै हामीले उक्त अभियान सञ्चालन गर्न लागेका हौं ।”

    सार्वजनिक सवारीमा यात्रा गर्दा वा बजारमा किनमेलका लागि जाँदा मास्क नलगाई हिड्डुल गर्न पाइनेछैन । मास्क नलगाएकाहरुलाई प्रहरीले सम्झाई बुझाई मास्क वितरण गर्नेछ ।

    यसैबीच चितवन प्रशासनले मास्क बैंक स्थापना गरेको छ । ‘नो मास्क, नो मुभमेन्ट’ अभियानकै लागि प्रशासनले मास्क बैंक स्थापना गरेको हो ।

    मास्क बैंकमा बिभिन्न संघ संस्थाहरुले मास्क उपलब्ध गराएका छन् । भरतपुर महानगरपालिका, चितवन उद्योग संघलगायतका बिभिन्न संघसंस्थाहरुले बैंकमा मास्क उपलब्ध गराएका हुन् ।

    संकलित मास्क चितवन प्रहरी, रेडक्रसलगायतले सर्वसाधारणहरुलाई वितरण गर्नेछन् । प्रजिअ तामाङले कोरोनाको जोखिम कायमै रहेकोले मास्क अनिवार्य लगाउन समेत सबैलाई आग्रह गरेका छन् ।

    बजारमा कुनै पनि समस्या भए खबर गर्न आग्रह

    चाडपर्व नजिकिएसँगै चितवनमा बजार अनुगमनलाई तिव्रता दिईएको छ । चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने कालोबजारी, अस्वभाविक मुल्य वृद्धिलगायतलाई लक्षित गर्दै अनुगमन भइरहेको छ ।

    प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रशासनले अनुगमनलाई तिव्रता दिएको बताए । बिभिन्न बाहानामा उपभोक्ता ठगिन सक्ने भएकोले दैनिक रुपमा बजार अनुगमन भइरहेको उनको भनाई छ ।

    यस्तै उनले बजारमा कालोबजारी, अस्वभाविक मुल्य वृद्धि अथवा ठगिने अवस्था आए तुरुन्त खबर गर्न आग्रह गरेका छन् । “हामीले दैनिक रुपमा अनुगमन गरिरएका छौं, उनले भने, कालोबजारी, अस्वभाविक मुल्य वृद्धि, ठगिने, म्याद गुज्रेका सामाग्री बिक्री विकरण जस्ता कुनै पनि कार्य थाहा पाउनु भयो भने तुरुन्तै खबर गर्नुहोस्, हामी कारबाही गर्छौं ।”

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.