काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४ सय रुपैयाँ तोकिएको छ ।
आज सुनको मूल्य बुधबारको भन्दा ५ सय रुपैयाँले बढेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ९५० कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० कायम गरिएको छ ।








