काठमाडौं । देशभर सोमबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको हो ।
दिउँसो देशको पहाडी भू–भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








