चितवन । चितवनमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरमा गरिएको परिक्षणमा भरतपुरकै एकजना र कालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी २८ बर्षिय एक पुरुष र कालिका नगरपालिका वडा नम्बर ६ जुटपानी निवासी २० बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।








