• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता

  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा.नारायण खड्का बुधबार स्वदेश फर्किएका छन्। गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए। बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो ।

    स्वदेश फर्किएलगत्तै बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा खड्काले बताए। असंलल्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा खड्काले असोज २५ गते सम्बोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजीलगायतका विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिए ।

    बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको बताए। साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रुपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिए। उनले भने,’सम्बोधनको क्रममा मैले सङ्ख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरुरी भएको औँल्याएको छु ।”

    साथै सम्मेलनमा बहुपक्षीय संस्थाहरु जस्तै संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय वित्तिय संस्थाहरुको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री डा .खड्काको भनाइ छ । त्यसगरी उनले बैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख मुलुकहरुबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण मुलुकबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि सो अवसरमा दिए। मन्त्री खड्काले भने,’असंलग्न सदस्य राष्ट्रहरुबीचको एकता, सहयोग र समन्वयले त्यसका सदस्य राष्ट्रहरुले उठाएका महत्वपूर्ण मुद्दालाई सफल बनाउन जरुरी छ र मतभेद अन्त्य गरी असंलग्न राष्ट्रहरुको आन्दोलनलाई भित्रैबाट बलियो र सबल हुन जरुरी रहेको छ।’

    उनले आन्दोलनलाई त्यसका सदस्यलगायत सबैले आ–आफ्नो स्थानबाट उपयुक्त सहयोग गरिदिन र भावी पुस्ताको लागि शान्त र समृद्ध विश्व समाजको निर्माण गर्न बैठकमार्फत सबैलाई अपिल गरेको बताए। उक्त बैठकका क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटघाट नेपालका लागि महत्वपूर्ण रहेको पनि मन्त्री डा. खड्काको भनाइ छ । सोही अवसरमा उनले सर्बियाका राष्ट्रपति अलेक्सन्डर भसिससँग भेटगरी दुई देशबीचको बहुआयामियक विषयमा छलफल गरेका थिए।

    त्यसैगरी गणतन्त्र सर्बिया र गणतन्त्र टर्कीका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको मन्त्री खड्काले जानकारी दिए। भेटका क्रममा ती देश र नेपालबीचको व्यापार र आर्थिक लगानी, आर्थिक सहायता, सांस्कृतिक सम्बन्धका बारेमा छलफल भएको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.