काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला ८७ हजार ७ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ९ सय रुपैयाँले बढेर ८८ हजार ६ सयमा कारोबार भैरहेको छ । यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ८८ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








