काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर भएको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति हेरफेर गरेको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको छ । टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिकाको सम्मेलन मंसिर ११ गतेसम्म र मंसिर २५ गतेसम्म प्रदेश सम्मेलनको म्याद थपिएको छ । माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।
राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म हुँदै छ ।








