हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । आज बिहान ८ः५५ बजेको समयमा इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको न. १ ज १६७६ नम्वर को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा लागूऔषध गाँजा फेला परेपछि प्रहरीले सो माइक्रोमा सवार २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्वर ५ निवासी ४८ बर्षीय प्रेम बहादुर प्रजा र सोही स्थान बस्ने २२ बर्षीय रविन्द्र प्रजा रहेका छन् । उनीहरुको झोला चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो ३०० ग्राम फेला परेपछि प्रहरीले लागूऔषध गाँजा बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेको दुवैजनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।








