नवलपुर । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा सारिएको डा विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।








