चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रहेका २१ जना थुनुवाहरुको आज स्वास्थ्य जाँच गरिएको छ । एक महिला सहित २१ जनाको स्वास्थ्य जाँच गरिएको हो ।
स्वास्थ्य जाँच भएका मध्ये अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले बताए । कार्यालयले यसअघि पनि र हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य जाँच गर्दै आएको प्रहरीले जनाएको छ ।
भरतपुर अस्पतालको सहयोगमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । अस्पताल र खटिएका चिकित्सकहरुलाई प्रहरी कार्यालयले आभार व्यक्त गरेको छ ।








