• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

ग्राण्डीका डा चक्रराज पाण्डेको धन्दा : काम ग्राण्डीमा, विरामी निजी क्लिनिकमा

  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको कालो धन्दा बाहिरीएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ मा स्थापना भएको ग्राण्डीमा मेडिकल डाइरेक्टरको जिम्मा पाएका डा पाण्डेले चेकजाँचका लागि ग्राण्डी गएका विरामीलाई धमाधम आफ्नो क्लिनीकमा लगेर चेकजाँच गरी कमाउ धन्दामा लागेका छन् । ग्राण्डी अस्पतालका सञ्चालक समितिका सदस्य समेत रहेका पाण्डे दैनिक २ घण्टा ग्राण्डीमा र बाँकी समय लाजिम्पाटमा रहेको अनामिवा हेल्थ एण्ड वेलनेश सेन्टरमा विताउने गरेका छन् ।

    सञ्चो नभएर ग्राण्डीमा गएका विरामीलाई आफ्नो भिजिटिङ कार्ड दिएर क्लिनिकमा बोलाउने गरेको एक विरामीले बताए । एकातिर अस्पतालको मेडिकल डाइरेक्टर जस्तो मुख्य जिम्मेवारी र अर्कोतर्फ सञ्चालक समितिको सदस्यजस्तो महत्वपूर्ण पदमा बसेर निजी क्लिनीक सञ्चालन गर्नु कत्तिको जायज हो प्रश्नचिन्ह खडा भएको छ । बेलाबेलामा निजी क्लिनीक सञ्चालन गर्ने धम्की दिँदै आएका डा पाण्डेले अन्ततः गत वर्षको कात्तिकदेखि क्लिनीक सञ्चालन गरेका छन् । ९ वर्षदेखि मेडिकल डाइरेक्टर र सञ्चालक समितिमा पुरा अधिकार लिएर बसेका डा पाण्डेको व्यवहारका कारण तत्कालिन समयमा डा उपेन्द्र महतो र रुपजोती समूह ग्राण्डीबाट बाहिरिएको थियो ।

    डा पाण्डेले महतो र रुपजोती समूहलाई आफैँ ल्याएर आफैँ हटाएका थिए । ग्राण्डीमा रु ६ करोड लगानी गरेर ग्राण्डीबाट तलब र भत्तावापत हालसम्म झण्डै ३० करोडभन्दा बढी रकम लिइसकेका पाण्डेले आफ्नो श्रीमति सपना पाण्डेलाई ग्राण्डीको खरीद शाखाको प्रमुख बनाएर करौडौँ रुपैँया आर्थिक हिनामिना गरेको आरोप समेत लागेको छ । डा पाण्डेले मेडिकल डाइरेक्टर र सञ्चालक समितिको सदस्य भएर आफ्ना मान्छेलाई ग्राण्डीको रेष्टुरेन्टसमेत सञ्चालनको जिम्मेवारी दिएर ठूलो आर्थिक लाभ लिएको अस्पतालका कर्मचारी बताउँछन् । अस्पतालको सञ्चालक समितिले डा पाण्डेको श्रीमतिलाई खरीद शाखाबाट र आफन्तलाई ग्राण्डीको रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारीबाट हटाएपछि डा पाण्डे अस्पताल सञ्चालक समितिसँग रुष्ट हुँदै आएका थिए ।

    अस्पताल सञ्चालक समितिबाट रुष्ट बनेका डा पाण्डेले ग्राण्डी धरासयी बनाएर आफ्नो क्लिनीकबाट आर्थिक लाभ लिनका लागि ग्राण्डीमा लामो समय काम गरेका चर्चित डा भगवान कोइराला, डा अर्जुन कार्की, डा ओममूर्ती अनिल, डा प्रकश काफ्लेलगायतलाई उहाँकै कारण हट्न बाध्य भएका थिए । कोरोनाको महामारीका समयमा ग्राण्डीमा कार्यरत चर्चित डाक्टरहरु हटाउनु र आफ्नो निजी क्लिनीक खोल्नुले पनि डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहार प्रष्ट देखिन्छ । ग्राण्डीले पुरा विश्वास गरेर राखेको व्यक्तिले नै घात गरेपछि ग्राण्डीको आन्तरिक व्यवस्थापनको जिम्मा विगत पाँच महिनादेखि भारतीय समूह ‘लसान्ते’लाई दिईएको छ ।

    हाल ग्राण्डीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा भारतीय चिकित्सक डा अशोक बद्र्धन, सिओओमा अमृत खन्ना र प्रभावशाली कार्यकारीको भूमिकामा डा नोनिका गोयललाई दिइएको छ । डा पाण्डेले ग्राण्डीप्रति गरेको व्यवहारका कारण निमित्त मेडिकल डाइरेक्टर डा विनोद विजुच्छेलाई अस्पतालको जिम्मेवारी दिन बाध्य भएको अस्पताल स्रोत बताउँछ । पछिल्लो समय सञ्चालक समितिका सदस्यसँग राम्रो सम्बन्ध नभएका कारण डा पाण्डे वोर्डको बैठकमा समेत आउन छोडेका छन् । नेपालका डाक्टरमध्ये राम्रो प्रोफाइल बनाएका डा पाण्डेले आर्थिक कुरालाई लिएर नाम चलेको अस्पताललाई भद्रगोल बनाउनुले नै उहाँको व्यवहार प्रष्ट देखिन्छ ।

    गत वर्षको साधारण सभामा डा पाण्डेलाई शेयरधनीले अनियमिताको प्रश्न गर्न खोज्दा साधारण सभामै शेयरधनीलाई नयाँ क्लिनीक खोल्ने धम्की दिएका थिए । अन्ततः उनले क्लिनीक खोलेर अस्पतालप्रति गैरजिम्मेवारी व्यवहार देखाएका छन् । पछिल्लो समय अस्पतालको जिम्मेवार पदमा बसेका डा पाण्डेले गरेका क्रियाकलापका विषयलाई लिएर अस्पतालका शेयरधनीसँग जिज्ञासा राख्दा उहाँले डा पाण्डेका विषयमा आगामी साधारण सभामा छलफल हुने बताउनुभयो ।

    “सञ्चालक समितिको सदस्य र मेडिकल डाइरेक्टरजस्तो गरिमामय पदमा बसेर डा पाण्डेले जे गर्नुभएको छ, यो सरासर गलत छ, यसबारे आगामी साधारण सभामा घनीभूत छलफल हुनेछ,”– उहाँले भन्नुभयो । ग्राण्डीले आगामी कात्तिक ७ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.