हेटौंडा । हेटौंडामा स्वतन्त्र युवाहरूको समूहले शुक्रबार बिहान सरकारको विरोधमा प्रदर्शन गरेको छ । हेटौंडाका विभिन्न क्षेत्रबाट जम्मा भएका युवाहरूले बुद्ध चोकमा प्रदर्शन गरेका थिए । उनीहरूले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानविन हुनुपर्ने, स्वास्थ्यकर्मीहरूलाई पर्याप्त पिपिई उपलब्ध हुनुपर्ने, पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनु पर्ने, एमसिसी खारेज हुनुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । उनीहरूको प्रदर्शनका कारण सडकमा कुनै अवरोध भएको थिएन । प्रदर्शनका क्रममा उनीहरूले मास्क लगाएका थिए भने भौतिक दुरी कायम गरेका थिए ।








