चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित गांँजीपुरमा नारायणी नदीको बीच भंगालोमा एक वेवारिसे महिलाको शब फेला परेको छ ।
जिल्ला प्रहरी कायाृलय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार अन्दाजी ३५ बर्षीय महिलाको आज मध्यान्ह १२ बजेतिर शव फेला परेको हो ।
स्थानीयले शब तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का गरी शब परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी भईरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।
भरतपुरबाट उक्त स्थान झण्डै ३० किलोमिटर पश्चिम उत्तर पर्दछ ।








