• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । दुई दिने जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरू, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् । नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै थिए । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बसे । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो । झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुगे ।

    भद्रपुरमा पनि ओली र भट्ट सँगसँगै ओर्लिए । स्वागत गर्न सुवास नेम्वाङ, भानुभक्त ढकाललगायत विमानस्थलमा लामबद्ध हुँदा जहाजबाट ओर्लिएका ओली अगाडि थिए, भने भट्ट पछाडि परे । यो कुरालाई नोटिस गरिरहेका ओलीले भट्टको हात तानेर आफूसँगै अगाडि ल्याए । आफूलाई खादा ओढाउँदा ओलीले स्वागत कार्यकर्तालाई लेखराजजी पनि हुनुहुन्छ भनेर स्वागतका लागि अघि सारे । नेता कार्यकर्ताले भट्टलाई खादा ‌ओढाएर स्वागत गरे । यो दृश्यले लेखराजलाई ओलीले कति महत्व दिएका भन्ने दर्शाउँछ ।

    आइतबार दिनभर झापामा रहेका लेखराजले ओलीका साथै एमाले नेता कार्यकर्ताबाट राम्रै सम्मान पाए । बृहत् पार्टी प्रवेश कार्यक्रममा पनि उनी विशिष्ट अतिथि तथा वक्ताका रूपमा थिए । सम्बोधनका क्रममा उनले सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा ओलीलाई धन्यवाद पनि दिए र ओलीलाई नजिकबाट चिन्ने मौका दिएकोमा दाहाललाई धन्यवादसम्म भन्न भ्याए । झापामा भट्ट ओलीको सामिप्यता र आतिथ्यमा मोहित भए नै अर्कोतिर ओलीले पार्टी पंक्ति तथा भट्टलाई ‘आफ्नै’को सन्देश पनि दिए ।

    एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनलाई लिएर असन्तुष्टि चुलिएका बेला ओलीले भने भट्टलाई आफ्नै जिल्लामा आमन्त्रण गरी महत्व दिएर २ जेठमा जस्ताको तस्तै फर्किन नसकिने सन्देश दिएका छन् । १० बुँदे कार्यान्वयनमा अध्यक्षले फरक कुरा गरेको भन्दै कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका बेला ओलीले पनि रावललाई झापाबाट स्पष्ट सन्देश दिएका छन्, ‘लेखराज भट्टलाई छाड्न सकिँदैन ।’ २ जेठमा जस्ताको तस्तै फर्किँदा सुदूरपश्चिम प्रदेश संयोजक भीम रावल हुनेछन् । तर पूर्वमाओवादीबाट आएका नेतालाई पनि समायोजन गरेर जानुपर्ने तर्क नेतृत्वले गर्दै आएका छन् । जसअन्तर्गत अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाइसकेका छन् ।

    यसमा रावलले असहमति जनाउँदै आएका छन् । १० बुँदे कार्यान्वयनको हकमा अन्य प्रदेशमा कार्यान्वयन भए पनि सुदूरपश्चिममा जटिल बन्न पुगेको छ । ओलीले विगतमा नेकपा र सरकारमा अल्पमतमा पर्दा साथ दिएको भन्दै रामबहादुर थापालाई बागमती प्रदेश र लेखराजलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिए । १० बुँदेअन्तर्गत थापालाई प्रदेश इन्चार्ज मानिसकिएको छ । तर सुदूरपश्चिममा रावलले आफू संयोजक हुनैपर्ने आशयका साथ अडान राखेका छन् ।

    भलै उनले व्यक्तिगत हिसाबले भन्दा पनि समग्र १० बुँदे कार्यान्वयनका लागि भनिरहेका छन् । तर १० बुँदे बल्झिनुमा सुदूरपश्चिममा रावल कि भट्ट भन्ने प्रतिस्पर्धा नै हो । यो प्रतिस्पर्धाबीच ओली भने लेखराजलाई च्यापेर हिँडेका छन् । सुदूरपश्चिममा लेखराज दायाँबायाँ हुन्न भन्ने सन्देश पनि दिइरहेका छन् । अहिले सुदूरपश्चिममा रावल र भट्टबीच वर्चश्वको लडाइँ चलिरहेको छ,जसमा नेतृत्वले भट्टलाई महत्व दिएको झापा भ्रमणबाट प्रष्ट हुन्छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.