काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
जुन सोमबारको भन्दा २ सय रुपैयाँले बढी हो ।
तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।








