काठमाडौँ । नेपालमा थप २७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । जसमा ९ सय १३ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।








