काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा बारा निजगढ ६ का ५ बर्षीय बालक र पर्सा वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुष रहेका छन् । ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । उच्च ज्वरोका कारण वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको थियो । वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको पुरुषको भने २८ गते मृत्यु भएको थियो । जेठ २८ गते शव भेटिएपछि उनको स्वाब परीक्षण नारायणी अस्पतालमा गरिएको थियो । वीरगञ्जस्थित प्रयोगशालाबाट आज विहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना पोजेटिभ देखिएको हो ।








