काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
जुन बुधबारको भन्दा ४ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।








